Logo

नेपालमा थपिए २१११ कोरोना संक्रमित, थप १३ जनाको मृत्यु



Spread the love

२८ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १३ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ।

२४ घण्टामा ३५३७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्