Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

२८ कार्तिक, काठमाडौं । नेपालमा बिहिबार थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ हजार ४ सय २६ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्