Logo

आज २ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२८ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता २ हजार १ सय ११ जना कोरोना संक्रमण देखिएका मध्यकाठमाडौंमा ९१९, ललितपुरमा १८०, भक्तपुर, मोरङ र सुनसरीमा १०८/१०८, कास्कीमा ७६, नवलपरासी पूर्वमा ४७, कैलालीमा ४१, काभ्रे र रुपन्देहीमा ४०/४० बाँकेमा ३३, सिराहा र पाल्पामा १९÷१९ जना, धादिङ र नुवाकोटमा १७, जना, सप्तरीमा १६ जना, धनुषा र बर्दियामा १५, कञ्चनपुरमा ११ र स्याङ्जामा १०, सिन्धुपाल्चोक र डोटीमा ९/९, दाङमा ८, उदयपुर, सोलुखुम्बु, पर्सा, महोत्तरी, दोलखा, नवलपरासी र रोल्पामा ७/७ जना, सर्लाही, सिन्धुली, बागलुङ र गुल्मीमा ६/६ जना, तेह्रथुम, गोरखा र कपिलवस्तुमा ५/५, इलाम, पाँचथर, भोजपुर, तनहुँ, प्युठान र बझाङमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, रौतहट, रामेछाप, पर्वत, सुर्खेत र दार्चुलामा ३/३, बारा, म्याग्दी, लमजुङ र सल्यानमा २/२ जना र ओखलढुंगा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुम पश्चिम, हुम्ला र अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्