Logo

डिसेम्बरसम्म लकडाउन जारी रहने



Spread the love

२८ कार्तिक, एजेन्सी । फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ । सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिनुभएको हो । उनले फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताए ।

प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले भने– म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।

यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन ।केही समयअघि फ्रान्सको सरकारले यहाँ कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरिएको छ ।

प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताए । उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्यांक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरु थपिने गरेका छन् ।

यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ । यहाँका नागरिकले यस लकडाउनको विरोध पनि गरेका थिए । तर प्रशासनले भने सरकारले गरेको लकडाउनको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्