Logo

एउटै प्रदेशमा ३६४ कोरोना संक्रमित थपिए



Spread the love

२८ कार्तिक, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकोमा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहुनेहरुमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन/तीन, सङ्खुवासभा र धनकुटामा दुई/दुई, ओखलढुङ्गा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका २२ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ ।

यसप्रदेशमा आज ७३६ जना सङ्क्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १५४ जना पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्