Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

२९ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १३ सय ६८ जनाको मृत्यु भएको छ भने हिजो १३ तारिखमा ११ सय १७ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या बढेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । १ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ४९ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्