Logo

२४ घण्टा यता कति थपिए कोरोना संक्रमित ?



Spread the love

२९ कार्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा २०५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्