Logo

आज १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२९ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता २ हजार १ सय ११ जना कोरोना संक्रमण देखिएका काठमाडौंका ६४२, ललितपुरका १०५ र भक्तपुरका ८८, कास्कीका २०८ जना, झापाका १२१, रुपन्देहीका ८२, गोरखाका ६४, काभ्रेका ५९, मोरङ र कैलालीका ५२/५२ जना, तनहुँका ४३, सुनसरीका ३५, बाँकेका ३४, डडेलधुराका १८, बर्दियाका १५, पर्वत र नवलपरासीका २४/२४ जना, मकवानपुरका २३, कपिलवस्तुका २१, बाग्लुङ र पाल्पाका १९/१९ जना, सिन्धुपाल्चोक र बर्दियाका १५/१५ जना, धादिङका १४, चितवन, दोलखा र नवलपुरका १२/१२ जना, म्याग्दी र लमजुङका १०/ १०, बारा, स्याङ्जा, दाङ र कञ्चनपुरका ९/९ जना, धनुषा र डोटीका ८/८ जना, पर्सा र महोत्तरीका ७/७ जना, उदयपुरका ६, इलाम र सिन्धुलीका ४/४ जना, सोलुखुम्बु, सिराहा, नुवाकोट, गुल्मी र बैतडीका ३/३ जना, भोजपुर, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, सर्लाही, रामेछाप, दैलेख, सल्यान र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा २०५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्