Logo

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा



Spread the love

२९ कार्तिक, काठमाडौँ । नेकपा सचिवालय बैठक बसेपनि नेताहरुबीच अन्तरविरोधी भावना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रियता देखाएकी छन् । यही क्रममा आज राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेकी छन् । आज साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।

यसअघि पनि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली निकट नेताहरुसँग छलफल गरेको शीतल निवास स्रोतले बताएको छ । तर कुन कुन नेताहरुसंग राष्ट्रपति भण्डारीले भेट गरेको हो त्यो भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्