Logo

२४ घण्टा यता नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्यो



Spread the love

३० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टा यता ६ हजार ४७६ जनाको परीक्षण गर्दा १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्