Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या ह्यातै बढ्यो



Spread the love

३० कार्तिक, काठमाडौं । नेपालमा बिहिबार थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ७ सय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या १ सय ३ सय २१ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्