Logo

काँग्रेस नेताको मृत्यु



Spread the love

३० कार्तिक, काठमाडाैँ । नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षका उमेरमा निधन भएको काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए ।

डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उनले विसं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए ।

उनले प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र श्रीमती छन् । स्व उपाध्यायको आजै कैलालीको कर्णाली नदीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्