Logo

हाम्रो पात्रोबाट नै अडियो/भिडियो कल गर्न सकिने



Spread the love

३० कार्तिक, काठमाडाैँ । नेपाली प्रयोगकर्ता माझ लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ फिचर थप गर्न लागेको छ । अब हाम्रो पात्रो एपमा नै फोन गर्न सकिने फिचर थप गर्न लागेको हो ।

नयाँ फिचर अन्तर्गत प्रयोगकर्ताहरूले अडियो र भिडियो कल गर्न सक्ने बताइएको छ । तर, यसका लागि भने २ प्रयोग कर्ताले नै यो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय हाम्रो पात्रोले ’हाम्रो गिफ्टस’ फिचर थप गरेको थियो । यो फिचरले नेपालभर रहेका हरेकलाई उपहार प्रदान गर्न सहयोग गरेको छ ।

नेपालमा बस्ने सहित विदेशमा बस्ने नेपालीहरूमा पनि यो एप लोकप्रिय छ । हाम्रोपात्रो सबैभन्दा धेरै डाउनलोड गरिएको नेपाली एप हो ।

प्रतिक्रिया दिनुहोस्