Logo

कोरोना संक्रमणबाट २४ घण्टाभित्र २ जना वरिष्ठ डाक्टरको मृत्यु



Spread the love

१ मंसिर, काठमाडाैँ । कोरोना संक्रमितको उपचारमा खटिएका २ जना डाक्टरको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै २ जना वरिष्ठ डाक्टरको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

मृत्यु हुनेमा त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापा रहेका छन् ।

कोरोनाबाट थापाको हिजो र झाको आज मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्