Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या २ गुणाले बढ्यो



Spread the love

३ मङ्सिर, काठमाडौं । नेपालमा बिहिबार थप १ हाजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या २ गुणाले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज ह्यातै बढेको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्