Logo

आज १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३ मङ्सिर, काठमाडौं । देशभरका प्रयोगशालामा ६ हजार ७ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ४ सय ४२ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८, चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५, दाङमा १४, तनहुँमा १३, धनुषामा १०, सर्लाहीमा ९, बाँके र कैलालीमा ८/८, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७/७, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६/६, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५/५, बारा र प्युठानमा ४/४, इलाम, रामेछाप र म्याग्दीमा ३/३, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २/२ र ताप्लेजुङ, भोजपुर, संखुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १/१ जना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्