Logo

सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी सिंहदरबार हिरासतमा



Spread the love

सर्वोच्च अदालतको मानहानीको आरोपमा डा. गोविन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. गोविन्द केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए ।

अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै केसीलाई बा १ झ ७२६६  नम्बरको  प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको थियो । 

मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार  मुद्दा दर्ता गरेका थिए  । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्