Logo

आज २ हजार १ सय ३ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

४ मङ्सिर, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता २ हजार १ सय ३ जना कोरोना संक्रमण देखिएका मध्य इलामका २, उदयपुरका ४, ओखलढुंगाका २, खोटाङका १, झापाका ५१, धनकुटाका १, पाँचथरका १२, भोजपुरका १, मोरङका १२८, संखुवासभाका ९, सुनसरीका ७९, धनुषाका १६, पर्साका १६, बाराका ३, महोत्तरीका ४, रौतहटका ३, सप्तरीका २०, सर्लाहीका ५, सिराहाका १०, काठमाडौँका ९६५, काभ्रेका १६, चितवनका ८०, दोलखाका १, धादिङका ९, नुवाकोटका १४, भक्तपुरका ७५, मकवानपुरका २३, रसुवाका २, रामेछापका १, ललितपुरका १८९, सिन्धपाल्चोकका ९, सिन्धुलीका ३, कास्कीका ७६, गोरखाका १४, तनहुँका ११, नवलपरासीपुर्वका १२, पर्वतका २, मुस्ताङका ४, लमजुङका १२, वागलुङका १३, स्याङजाका १०, अर्घाखाँचीका ४, कपिलवस्तुका ११, गुल्मीका १२, दाङका ३२, नवलपरासीका १२, पाल्पाका १०, बर्दियाका ६, बाँकेका २१, रुपन्देहीका ५७, दैलेखका ४, रुकुमपश्चिमका २, कञ्चनपुरका ३, कैलालीका ५, डढेलधुराका ४, दार्चुलाका २, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्