Logo

नेकपा भित्रको परिस्थिति धेरै नै गम्भीर रहेको महासचिव पौडेलको प्रतिक्रिया



Spread the love

५ मंसिर, काठमाडौं। नेकपा महासचिव विष्णु पौडेलले पार्टीभित्रको परिस्थिति धेरै नै गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भएको भेटपछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै पौडेलले परिस्थिति धेरै गम्भीर रहेको बताए ।

‘परिस्थिति धेरै गम्भीर छ,’ पत्रकारहरूसंग पौडेलले यति प्रतिक्रिया दिए ।

अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले लेखेको पत्र र सचिवालयमा वितरण गरेको राजनीतिक दस्तावेजका कारण नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्