Logo

सेती प्रादेशिक अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



Spread the love

धनगढी । कैलालीमा कोरोना संक्रमित थप दुई जनाको ज्यान गएको छ । शुक्रबार गौरीगङ्गा नगरपालिका-७ की ७५ वर्षकी एक वृद्धा र धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक बृद्धा दीर्घरोगबाटसमेत ग्रसित थिए । कात्तिक २९ गतेबाट भेन्टिलेटरमा राखेर उपचार थालिए पनि संक्रमित वृद्धाको ज्यान बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, धनगढीका मृतक ती पुरुष पनि दीर्घरोगी थिए । कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उनको उपचार थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्