Logo

देशभर थपिए १९४५ कोरोना संक्रमित, थप २२ जनाको मृत्यु



Spread the love

५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १०३४० पिसिआर परीक्षण देशभर १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज २२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्