Logo

आज १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

५ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ९ सय ४५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१, कास्कीका ८८ जना, चितवनका ८७, रुपन्देहीका ६०, सुनसरीका ५५, काभ्रेका ५४, दाङका ५१, संखुवासभाका ३४, झापाका ३३, धनुषा र कैलालीका २४/२४ जना, मोरङका २०, नवलपरासी र दार्चुलाका १९/१९ जना, सिराहा र दोलखाका १७/१७ जना, पाल्पाका १५, धादिङ र नवलपुरका १४/१४ जना, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङका ११/११ जना तथा बर्दियाका ९, मकवानपुर र बाँकेका ८/८ जना, उदपयुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, ओखलढुंगा, रामेछाप, प्युठान र सल्यानका ६/६ जना, बाग्लुङ र डडेलधुराका ५/५ जना, तेह्रथुम, महोत्तरी र गुल्मीका ४/४ जना, सोलखुम्बु, सर्लाही र बैतडीका ३/३ जना, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत र बझाङका २/२ जना तथा पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालीकोट, रुकुम पश्चिम, अछाम, डोटी र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्