Logo

सर्पले आफुलाई टोकेको भन्दै एक जनाले सर्पकै टाउको चपाए



Spread the love

५ मंसिर, एजेन्सी । सर्पले टोकेको भन्दै एक जनाले सर्पकै टाउको खाएका छन् । भारतमा सर्पले टोकेपछि आफुलाई टोक्ने सर्पको टाउको पनि खाएर बदला लिएका हुन् ।

यो घटना भारतको उत्तरप्रदेशस्थित हर्दोइको हो । त्यहाँ बस्ने सोनेलाल सर्पले टोकेको बदला लिन सर्पकै टाउको चपाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले सर्पको टाउको टोकेर छिनालिदिएका छन् ।

सर्पको टाउको चपाएका उनी अचेत अवस्थामा फेला परेका थिए । अचेत फेला परेका उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । तथापी उनको शरीरमा सर्पले टोकेको कुनै संकेत नदेखिएको उपचारमा संलग्नहरूले बताएका छन् ।

ती व्यक्तिमा सर्पले टोकेको कुनै घाउ नदेखिएपछि सर्पको टाउको टोकेकै कारण त्यसको वीष सञ्चार भएर उनी बेहोस भएको डाक्टरहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्