Logo

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु



Spread the love

५ मंसिर, बनियानी। झापामा आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ।

गौरादह-८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह-७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए। योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ।

त्यस्तै, झापामा आज २९ जना कोरोना सङ्क्रमित थपिएका छन्। एघार स्थानीय तहमा १४ महिला र १५ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ।

बिर्तामोडमा पाँच, कनकाइमा तीन, अर्जुनधारामा दुई, गौरादहमा पाँच, मेचीनगरमा एक, बाह्रदशीमा एक, भद्रपुरमा तीन, हल्दिबारीमा एक, दमकमा सात र कमलमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ। योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १९७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्