Logo

आज १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

६ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ६ सय ६४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९, कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८, धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७/७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३/३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २/२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्