Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

७ मंसिर, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ५६२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ४९९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४५ हजार भन्दा धेरै संक्रमित थपिदा ४९९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ९० लाख ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ८५ लाख २० हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख ३३ हजार २ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्