Logo

बलात्कारविरुद्धको कडा कानुनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद‌्‌बाट पारित



Spread the love

७ मंसिर, काठमाडौँ। सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्नेसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्‌को आइतबारको बैठकबाट पारित गरिएको हो ।

उक्त अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाइएको एक मन्त्रीले जानकारी दिए । सम्भवत आजै उक्त अध्यादेश जारी हुन सक्ने छ।

कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्