Logo

आज १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

७ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ६ सय ६९ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ९, उदयपुरमा ७, ओखलढुङ्गाका ३, खोटाङमा ४, झापामा ६५, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, मोरङमा ८६, संखुवासभामा ८, सुनसरीमा ५२, सोलुखुम्बुमा १, धनुषामा ९, पर्सामा ३, बारामा ७, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ३, सिरहामा २६, काठमाडौँमा ७७३, काभ्रेमा ८, चितवनमा ८, दोलखामा ४, धादिङमा १३, नुवाकोटमा २५, भक्तपुरमा ५३, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा १३१ र सिन्धुपाल्चोकमा ४, सिन्धुलीमा २, कास्कीमा ७६, गोरखामा ३, तनहुँमा ६, नवलपरासीपूर्वमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा ३, स्याङ्जामा ६, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा ५४, नवलपरासीमा ६, पाल्पामा २५, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा २२, रुपन्देहीमा ४०, रोल्पामा ४, अछाममा १, कञ्चनपुरमा ९, कैलालीमा ४६, बझाङमा ४ र बैतडीमा ५ जना कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्