Logo

बसले बेपत्ता पार्यो किम जोङ उनका भतिजालाई ?



Spread the love

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजालाई सीआइएले हिरासतमा लिएको बताइएको छ। हाल गायब रहेका किमका भतिजालाई गुप्तचर एजेन्सी सीआइएले हिरासतमा लिएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार भतिजा किम हान सोललाई ‘प्रोटेक्टिभ कस्टडी’मा राखिएको छ ।

हान सोल २०१७ मा मलेसियामा हत्या गरिएका किम जोङ उनका सौतेनी दाजु किम जोङ नामका छोरा हुन् ।

२०१७ मा बुबाको हत्यापछि उनी नेदरल्याण्डमा शरण लिएर बसेको बताइन्छ । अहिले उनी कहाँ छन् भन्ने कसैले पत्तो पाउन सकेका छैनन् । बेपत्ता भएका हान सोल २५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्