Logo

काठमाडाैँ र भक्तपुरमा नयाँ सीडीओ



Spread the love

७ मंसिर, काठमाडाैँ । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो ।

काठमाडौंमा काली पराजुली आएका छन्, भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

त्यस्तै, भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा भट्टराईको ठाउँमा बन्धु बाँस्तोलालाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्