Logo

बीपी स्वास्थ्य प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु



Spread the love

८ मंसिर, सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठान जनाएको छ । उनि गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

यस्तै, इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनि मंसिर ५ गते अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्