Logo

खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता



Spread the love

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी छन् । नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला उनी दाहाललाई भेटन सोमबार विहान खुमलटार पुगेकी हुन् ।

भेटमा नेपाल चीन सम्वन्ध, नेकपाको पछिल्लो विवाद लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

नेकपामा विवाद बढ्दै गएपछि गत मंसिर दुई गते राजदूत यान्छीले नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्