Logo

आज १ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

८ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा १० हजार ३८१  जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ९ सय ७० जना कोरोना संक्रमण देखिएका मध्य  इलाममा ५, उदयपुरमा ४, ओखलढुङ्गाका २, खोटाङमा ३, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सुनसरीमा ५०, सोलुखुम्बुमा ६, धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३, सिरहामा ४, काठमाडौँमा ७७९, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६,  भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवाका ६, रामेछापमा ३, ललितपुरमा १४३ र सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा ३, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६, स्याङ्जामा ८, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६, सुर्खेतमा ५, अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डढेलधुरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जना कोरोना पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। सोमबार देशभर ३ हजार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्