Logo

आज १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

९ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा १० हजार ८ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ७ सय ९० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६९२ जना, ललितपुरका १९० र भक्तपुरका ६५, सुनसरीका ११० जना, कास्कीका ८३, मोरङका ७५, काभ्रे र कैलालीका ६१/६१ जना, बाँके र रुपन्देहीका ३८/३८ जना, दाङका ३६, झापा र बर्दियाका ३३/३३ जना, गोरखाका २५, चितवनका १७, धादिङका १५, सिन्धुपाल्चोक र तनहुँका १३/१३ जना, पाल्पाका ११, सप्तरी र अर्घाखाँचीका १०/१० जना, नवलपुर, कविलवस्तु र नवलपरासीका ९/९ जना, नुवाकोट र स्याङ्जाका ८/८ जना, पर्सा, रामेछाप र कञ्चनपुरका ७/७, लमजुङका ६ जना, इलाम, उदयपुर, तेह्रथुम, धनकुटा, बारा, रौतहट, सिराहा, दोलखा र डडेलधुराका ५/५ जना, पाँचथर, गुल्मी, दैलेख र रुकुम पश्चिमका ३/३ जना, भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी, मकवानपुर, सिन्धुली, बाग्लुङ, प्युठान, सल्यान र हुम्लाका २/२ जना तथा ओखलढुंगा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, म्याग्दी, कालीकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङका १/१ जनामा पनि संक्रमणपुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्