Logo

कसरी आयो मन्त्री नहुँदै माओवादी नेतालाई बधाई ? को को हुन सक्छन् मन्त्री ?



Spread the love

pm prachand1

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड प्रधानमन्त्री बनेको १ हप्ता बितिसक्दा पनि माओवादीले  आफ्नो  भागमा परेको मन्त्रालयमा मन्त्री छान्न सकिरहेको छैन ।

अहिले प्रधानमन्त्री प्रचण्ड चर्को दबाब र तनावमा छन् । माओवादी केन्द्रले पाएको ८ मन्त्रालयमा उपप्रधान तथा अर्थमा कृष्णबहादुर महरा, खेलकुदमा दलजित शेर्पाली तथा कृषिमा गौरीशंकर थारु गरी ३ जना यस अघि नै मन्त्री भईसकेका छन् ।  बाँकी ५ मन्त्रालयमा भने १० भन्दा बढी नेताहरूको दाबी छ ।

मन्त्री नहुँदै मन्त्री हुनु भएकोमा बधाई छ भन्दै हल्ला गर्ने थाहा नपाएका सामान्य कार्यकर्ता मात्र नभई पार्टीमा नेता तथा सभासद सम्म छन्।
प्रचण्डलाई दबाब दिन, कार्यकर्ताले आफूलाई चाहेका छन् भनेर प्रचण्डलाई देखाउन आफू निकटका मान्छेहरू प्रयोग गरेका हुन् । यसमा केही सोझा नेताहरूको समेत नाम प्रयोग गरेका छन् ।

पहिला नै मन्त्री भईसकेका जनार्दन शर्माले सुरुमा आफूले गृह मन्त्रालय पाउनु पर्ने भन्दै प्रचण्डलाई दबाब दिँदै आएका थिए गृह मन्त्रालय माओवादीले नपाउने भएपछि अर्थ पाउनु पर्ने भन्दै दबाब दिएका थिए तर प्रचण्डले आफ्ना विश्ववास पात्र कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय दिएपछी उनी सूचना तथा सञ्चार नत्र ऊर्जा पाउनु पर्ने भन्दै प्रचण्ड माथि दबाब बढाइ रहेका छन् ।
जनार्दन शर्मालाई मन्त्री नबनाउने उदेश्यले नै प्रचण्डले शर्माकै जिल्लाका नेता दलजित शेर्पालीलाई सुरुमै मन्त्री बनाएका थिए ।

ईमान्दर एबम स्वच्छ छविका नेता हितराज पाण्डेलाई मन्त्री बनाउने पक्षमा प्रचण्ड छन् ।  पाण्डेलाई सरकारमा सहभागी बनाउन माओवादी केन्द्रको ४ नं. प्रदेशले पनि लविङ गरिरहेको छ ।

पाण्डे जस्तै ईमान्दर एबम स्वच्छ छविका नेताका रूपमा चिनिएका टेक बहादुर बस्नेतलाई पनि मन्त्री बनाउने पक्षमा प्रचण्ड छन् । सल्यान क्षेत्र नं. १ बाट दुई चोटि नै प्रत्यक्ष निर्वाचित बस्नेतलाई  सल्यानका जनताको मतको सम्मानका लागी पनि मन्त्री बनाउन सल्यानि नेताहरू देखी लिएर रुकुम, रोल्पाका नेताहरूको  माग छ तर जनार्दन शर्मा भने विपक्षमा छन् ।

माओवादी केन्द्रका कार्यालय सदस्य तथा समानुपातिक संसद राम कार्की , नारायणकाजी श्रेष्ठ प्यानल बाट डिआर पौडेलका साथै  रौतहटको २ नं. क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रभु शाह मन्त्री हुन सक्ने सम्भावना रहेको छ ।

अरू दाबेदारहरुमा पाँचथरका समानुपातिक सभासद तथा जनजाति नेता श्रीप्रसाद जगेबु , मोरङ ४ बाट प्रत्यक्षी निर्वाचित मधेसी नेता शिवकुमार मण्डल , जनकपुरका समानुपातिक संसद राम सिहं छन् । तेसै गरी महिलाका तर्फबाट मन्त्रीपरिषदमा सहभागिता बनाउनु पर्ने पनि प्रचण्ड माथि दबाब छ ।

प्रतिक्रिया दिनुहोस्