Logo

बलात्कार गरेको भन्दै कोर्रा प्रहार, बीचमै बेहोस भए दोषी युवक



Spread the love

१२ मंसिर, एजेन्सी । बलात्कारको घटनामा संलग्न एक १९ वर्षीय युवकलाई सजाय सुनाउँदै कोर्रा हानिएको छ । बालिकामाथि बलात्कारमा दोषी ठहरीएपछि ती युवकलाई १४५ कोर्रा हानिएको थियो ।

१४५ पटक कोर्राको पीडा सहन नसकेर ती युवक त्यही बेहोस समेत भएका थिए । ती युवकलाई इन्डोनेसियाको धार्मिक प्रहरीले उक्त सजाय दिएको बताइएको छ ।

यसै वर्षको सुरूमा उनी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका थिए ।

उनलाई १६९ कोर्राको सजाय सुनाइएको थियो । तर, उनी १४६ कोर्रामै बेहोस भएपछि उनको सजाय त्यतिमै रोकिएको थियो ।

यसअघि पनि बलात्कार गरेकोमा दोषी ठहरिएका एक जनालाई ५२ कोर्रा प्रहार गर्दा उनी पनि बेहोस भएका थिए ।

कोर्राको सजाय भएको इन्डोनेसियाको उक्त शहरमा सरिया कानून लागु गरिएको छ । बलात्कारमा घटनामा दोषी ठहरीए त्यहाँ कोर्रा हान्ने सजाय दिइन्छ।

प्रतिक्रिया दिनुहोस्