Logo

ओलीले ल्याए छुट्टै प्रस्ताव, अर्को बैठक १६ गते बस्ने



Spread the love

१३ मंसिर, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । आज बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कार्यकारी अधयक्ष प्रचण्डले ल्याएका प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् ।

यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर पार्टी कार्यालय धुम्बाराहीमा आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्