Logo

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नबन्ने प्रधानमन्त्री ओलीको घोषणा



Spread the love

१३ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । शनिबार नकपाका अर्का अध्यक्ष प्रचण्डलाई लिखित जवाफ दिँदै ओलीले उक्त प्रस्ताव राखेका हुन् ।

नेतृत्व हस्तान्तरणका लागि प्रचण्ड तयार हुने कि नहुने भन्दै उनले आफ्नो जवाफी प्रस्तावमार्फत् प्रश्न समेत गरेका छन् ।

‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाई तयार हो ?’ उनले जवाफ मार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी स्थायी समिति बैठकमै गराइसकेको बताउँदै नेतृत्व परिवर्तनको चलखेल नगर्न प्रचण्डलाई सचेत समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्