Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२,१०२,७९२
संक्रमित
९८,१९०,९५१
निको भएका
७०,५९६,९३६
नेपालमा कोरोना भाइरस
मृत्यु
१,९८६
संक्रमित
२६८,९४८
निको भएका
२६३,३४८

समृद्धिको यात्रा केपी ओलीकै नेतृत्वमा तय हुन्छः मन्त्री भट्ट



१३ मंसिर, कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन् । आज कैलालीको लम्कीचुहामा लम्की–टीकापुर–खक्रौला सडकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारभन्दा अहिलेको सरकार विकास र समृद्धिको लागि अनवरतरूपमा लागिपरेको बताए ।

मन्त्री भट्टले जनताको आशा–भरोसाअनुसारका काम गर्न जनताको सरकार लागिपरेको बताउँदै सरकार कुनै पनि हालतमा नढल्ने र जनताका चाहनाबमोजिम काम गर्नेमा शङ्का नगर्न आग्रह गरे । हिजो देखेका सपना साकार गर्न तल्लीन रहेकाले केही समयमा सरकारका काम देखिने बताउँदै उनले यही सरकारको परिकल्पनामा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाको काम सकिएर सञ्चालनमा आएपछि जनताले पनि सरकारको कामको गर्वका साथ प्रशंसा गर्ने दाबी गरे ।

मन्त्री भट्टले जनताले मत दिएर आफ्नो जिम्मेवारी पूरा भएको नसोची सरकारका गतिविधिमा चनाखोका साथ सल्लाह, सुझाव तथा सहभागिता देखाउनुपर्नेमा जोड दिदैं राज्यले परिकल्पना गरेका औद्योगिक क्षेत्र, बाटाघाटा, सुक्खा बन्दरगाह तथा बहुप्रतिक्षित पूर्वपश्चिम रेलमार्ग सञ्चालनका लागि पनि राज्य तदारुकताका साथ लागिरहेकाले यही सरकार समृद्धि यात्राको पाइलट भएको बताए ।

देश अब औद्योगिक युगमा प्रवेश गर्ने बताउँदै उनले सरकारले राम्रो काम गरेको देख्न नचाहने र देशमा अस्थिरता चाहनेले जनता भड्काउन तल्लीन रहेको दाबी गरे । मन्त्री भट्टले पार्टीमा देखिएका केही समस्याका कारण नेकपा फुट्छ भनेर खुशी मनाउन तयार भएकालाई दुई अध्यक्षले निरास बनाउँछन् भन्ने कुरामा आफू ढुक्क भएको बताउँदै नेकपा कुनै पनि हालतमा नफुट्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्