Logo

आज १ हजार २४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२० मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार २४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ३४९ जना, ललितपुरका ६५ र भक्तपुरका १८ जना, नुवाकोटका ४६ जना, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५ जना, सिन्धुली र बाग्लुङका १४/१४ जना, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११ जना, तनहुँ र बर्दियाका ९/९ जना , धादिङका ८, दोलखाका ७ र इलाम ६ , नवलपरासी र पाल्पाका ५/५ जना, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका ४/४ जना, सर्लाही, दैलेख, दार्चुला र बैतडीका ३/३ जना, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका २/२ जना तथा उदयपुर, ओखलढुंगा, खोटाङ, अर्घाखाँची र गुल्मीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्