Logo

अपहरणकारीले विवाह हुनुभन्दा ३ दिन अगाडी समीरको गुप्तांग काटिदिएपछि



Spread the love

२१ मंसिर, एजेन्सी । तीन दिन पछि विवाह गर्न लागेका एक जना पुरूषको गुप्तांग काटिदिएका छन् । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा साथिहरूसँग लेनदेनको बारेमा विवाद हुँदा ३ दिनपछि विवाह गर्न लागेका युवकको गुप्तांग अपहरणकारीले काटिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पीडित युवकको बयान अनुसार सो घटनामा उनका २ जना साथीहरू पनि संलग्न छन् । उनका साथीहरूले नै अपहरणकारीलाई केही पैसा दिएर उनको गुप्तांग काट्न लगाएका हुन् । उक्त घटनामा संलग्नहरू फरार रहेको बताइएको छ ।

गुप्तांग काटिएका युवक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भारतीय मिडियामा उल्लेख छ ।

पीडित पुरूषको नाम समीर हो । उनले साथी परवेजसँग १ लाख सापटी लिएका थिए । सो विषयमा उनीहरूको विवाद भएको थियो । तत्कालै पैसा मागेका परवेजलाई अहिले पैसा दिन नसक्ने बताएपछि समीरलाई जंगलमा लगेर गुप्तांक काटेको समीरको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्