Logo

काेराेना भाइरसकाे खाेप लगाएका स्वास्थ्यमन्त्रीलाई काेराेना संक्रमण



Spread the love

२१ मंसिर, काठमाडाैँ । काेराेना भाइसरकाे खाेप लगाएका भारतकाे हरियाणा राज्यका स्वास्थ्यमन्त्रीलाई काेराेना संक्रमण भएकाे छ । हरियाणाका स्वास्थ्यमन्त्री अनिल भिजलाई काेराेना संक्रमण भएकाे हाे ।

नले परीक्षणको खोप लगाउँदा अन्तर्राष्ट्रिय चर्चा भयो । तर, अहिले उनलाई खोप लगाएपछि कोरोना भाइरसको संक्रमण भएपछि झन् ठुलो चर्चा भएको छ ।

२० नोभेम्बरमा मन्त्री भिजले परीक्षणमा रहेको भारत बायोटिकले विकास गरेको कोभ्याक्सिनको पहिलो डोज लगाएका थिए । १८ डिसेम्बरमा दाेस्राे डाेज लगाउने तय भएका उनलाई काेराेना संक्रमण भएकाे हाे ।

कोरोना संक्रमण भएपछि मन्त्री भिज अस्पताल भर्ना भएका छन् । उनी अम्बाला कान्टको अस्पताल भर्ना भएका छन् । उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्