Logo

आज १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२१ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ९६ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा २०, सोलुखुम्बुमा २, धनुषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३, सिरहामा ५, काठमाडौँमा ३५१, काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३ र ललितपुरमा ७४ जना, सिन्धुपाल्चोकमा ७, सिन्धुलीमा १९, कास्कीमा ८७, गोरखामा १२, तनहुँमा १३, नवलपरासीपूर्वमा १९, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा ५, लमजुङमा १०, बागलुङमा १०, स्याङ्जामा ७, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा २५, नवलपरासीमा २, पाल्पामा १३, बर्दियामा २१, बाँकेमा २९, रुकुमपुर्वमा २, रुपन्देहीमा ३५, रोल्पामा ३, रुकुमपश्चिममा १, सल्यानमा १, अछाममा ३४, कञ्चनपुरमा १, कैलालीमा ५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा १, बझाङमा ११ र बैतडीमा ६ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्