Logo

हास्य कलाकार मनोज गजुरेलले विवाह गर्दै



Spread the love

२२ मंसिर, काठमाडाैँ । हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका हुन् । पहिलेकी पत्नी मीना ढकालसँग सम्बन्ध बिच्छेद भएपछि उनले दोश्रो विवाह गर्न लागेका हुन् ।

विवाह गर्न लागेको पुष्टि गरेता पनि उनले कोसँग विवाह गर्न लागेका हुन् भन्ने खसलाएका छैनन् ।

दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।

२०५३ सालमा मनोज गजुरेल र मीना ढकालको विवाह भएको थियो । प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्