Logo

आज कति थपिए नेपालमा कोरोना संक्रमित ?



Spread the love

२१ मंसिर काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्