Logo

नेपालमा महिला पुरूष मध्ये को धेरै आशावादी ?



Spread the love

२३ मंसिर, काठमाडाैँ । जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर हुने अपेक्षा गरेको देखिएको छ । सोही उमेर समूूहका ४५.४ प्रतिशत महिलाले मात्रै यस्तो अपेक्षा गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले सो मबारसार्वजनिक गरेको नेपाल बहुसूचक सर्वे क्षण २०७५÷७६ प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।

त्यसै गरी १५–२४ वर्ष उमे र समूहका युवती ५०.१ प्रतिशत र युवक ५६.४ प्रतिशतले पनि गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै १५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला र सोही उमेरका पुरुष ६४.७ प्रतिशतले आफू खुसी रहेको बताएका छन् । त्यसै गरी १५ देखि २४ वर्ष समूहका महिला ६८ प्रतिशत र पुरुष ६९.६ प्रतिशत खुसी देखिएका छन् ।

सुुर्तीजन्य र मदिराजन्य पदार्थको प्रयोगमा पनि महिलाको तुलनामा पुुरुष अगाडि देखिएका छन् । त्यस्तै १५–४९ वर्ष उमेर समूहका ४५.१ प्रतिशत पुुरुषले सुुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ भने महिलाको सङ्ख्या ६.१ प्रतिशत मात्रै छ । त्यसै गरी १५ वर्षअघि नै चुरोट खाने पुरुष ५.५ प्रतिशत छन् भने महिला २.२ प्रतिशत छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्