Logo

सगरमाथाको नयाँ उचाइ सार्वजनिक, कति छ नयाँ उचाइ ?



Spread the love

२३ मंसिर, काठमाडाैँ । सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । चीन र नेपालको संयुक्त टोलीले अध्ययन गरेपछि मंगलबार नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

नयाँ मापन अनुसार सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर रहेको थियो ।

नेपालले नै सगरमाथाको उचाइ मापन गरेको यो नै पहिलोपटक हो । यसअघिको उचाइ भारतीय टोलीले मापन गरेर कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्