Logo

घरबाटै उठाएर विप्लव समूहले गर्यो प्रधानाध्यापकको गोली हानी हत्या



Spread the love

२३ मंसिर, काठमाडौं। मोरङमा नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षकको गोली हानी हत्या गरेको छ। मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि मंगलबार बिहान गोली हानी हत्या गरिएको हो।

उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन् ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्