Logo

८६ सेन्टिमिटर बढ्यो सगरमाथाको उचाइ



Spread the love

२३ मंसिर, काठमाडौं। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

प्रतिक्रिया दिनुहोस्