Logo

नेपालमा थपिए १३८२ कोरोना संक्रमित, थप २३ जनाको मृत्यु



Spread the love

२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज २३ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६२१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्